श्रीलंका र बङ्गलादेशले स्वर्ण जित्दा नेपाललाई दोहोरो कांस्य

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा श्रीलंका र बङगलादेशले स्वर्ण पदक जित्दा नेपालले दोहोरो कांस्य पदक जितेको छ ।क्रिकेटको स्वर्ण पदकका लागि आइतबार भएको फाइनल खेलमा बङ्गलादेशको महिला टोलीले २ रनको रोमाञ्चक जित निकाल्दा पुरुषतर्फ भने बङ्गलादेश श्रीलंकाद्वारा ९ विकेटले पराजित हुन पुगेको हो । महिला तर्फको स्वर्ण पदकको लागि पहिले ब्याटिङ … Read more

सागको महिला क्रीकेटमा बङ्गलादेशद्वारा माल्दिभ्सलाइ 6 रन मै अल आउट

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा माल्दिभ्सको नाममा क्रिकेट इतिहासमै सबैभन्दा लाजमर्दो रेकर्ड कायम भएको छ । महिला टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट भएको रेकर्ड माल्दिभ्को नाममा दर्ता भएको हो ।आज भएको बंगलादेशविरुद्धको खेलमा माल्दिभ्स ६ रनमै अलआउट भएको छ । आजको खेलमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ … Read more

भुटानमाथी नेपालको 141 रनको शानदार जित

दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि 141 रनको भारी अन्तरले हराएको छ ।नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् … Read more

टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट वरियताको शिर्ष स्थानमा उक्लिएका छन्। आईसीसीले जारी गरेको नयाँ वरियतामा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथलाई पछि पार्दै कोहली शिर्ष स्थानमा उक्लिएका हुन्। यसपटक वरियतामा ठूलो छलाङ मारेका छन्। उनी १२ स्थान माथि उक्लिँदै वरियताको ५ औं स्थानमा आएका छन्। यस्तै अष्ट्रलियाकै अर्का खेलाडी मार्नस लाबुसने आठौं स्थानमा आएका छन् … Read more

नेपालद्वारा बङगलादेशलाइ झिनो लक्ष्य प्रस्तुत

साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा … Read more

नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न सकेको छैन – अन्जली चन्द

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला क्रिकेट सोमबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।पहिलो दिन भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित ग¥यो । यसो त यो खेल माल्दिभ्सको पहिलो अन्तराष्ट्रिय खेल थियो ।पहिलो खेलमा नेपालका लागि डेब्यू गरेकी खेलाडी अञ्जली चन्द खेल सकिएपछि चर्चामा आइन् । कारण थियो नयाँ विश्व कीर्तिमान । उनले २.१ ओभर … Read more

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा

धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । … Read more

संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

एजेन्सी भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै संन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।शास्त्रीले मंगलबार धोनीको अन्तराष्ट्रिय करियर संन्यासबाट निक्कै टाढा रहेको अभिव्यक्ति दिएपछि धोनीको बहुप्रचारित संन्यासमाथिका अनेक अड्कलले विराम पाएको हो।‘यो सबै उनी कहिले खेल्न सुरू भन्नेमा भर पर्छ।‘, शास्त्रीले भने। यस वर्ष सम्पन्न विश्वकप क्रिकेट पछि कुनै … Read more

सन्दिपले साग नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए । ‘सन्दीपले साग खेल्ने छैनन् । उनको आँखाको अप्रेसन आज भएको छ,’ सिवाकोटीले … Read more

टेष्ट क्रीकेटमा दुई दिनमा तीन फरक टेष्टमा 5 संयोग

विश्व क्रिकेटमा आइतबार र सोमबार अन्तइतै दुर्लभ घटना भयो । आइतबार दुई टेस्टको नतिजा आयो र सोमबार अर्को एक टेस्टको नतिजा आयो । यी सबै टेस्टमा घटनाक्रम भने एक अर्कासँग दुरुस्तै मिलेका छन् । आज न्यूजिल्याण्डले इङल्याण्डलाई १ इनिङ र ६५ रनले जितेसँगै तीन छुट्टाछुट्टै टेस्टमा यो दुर्लभ संयोग बनेको हो । तीन टेस्टमध्ये पहिलो … Read more