काेहली बने सन् २०१९ मा सर्वाधिक रन बनाउने क्रिकेटर

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन् ।२०१९ को अन्तिम खेलमा वेस्ट इण्डिजविरुद्धको खेलमा ८५ रन बनाँउदै विराटले सन् २०१९ को सुखद् अन्त्य गरेका हुन् । विराटले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक दुई हजार चार सय ५५ रन बनाएका छन् ।विराटले ‘हिटम्यान’ रोहित शर्मालाई पछि पारेका छन् । रोहितले सन् २०१९ मा दुई हजार चार सय ४२ रन बनाएका छन् । त्यस्तै तेस्रो स्थानमा पाकिस्तानका ब्याट्सम्यान बाबर आजाम रहेका छन् । उनले सन् २०१९ मा हुई हजार ८० रन बनाएका छन् । ujyaalo

Advertisements

यो पनि:-भारत र अस्ट्रेलिया बीच तीन खेलको एकदिवसीय खेल आजबाट शुरु हुँदैछ ।भारतको घरेलु मैदानमा हुने पहिलो एकदिवसीय खेल नेपाली समय अनुसार १:४५ बजे शुरु हुनेछ ।भारतको सम्भावित प्लेइङ ११ः विराट कोहली ( कप्तान) , रोहित शर्मा,शिखर धवन, केएल राहुल (विकेटकीपर), श्रेयस अय्यर, केदार जाधव, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराहअष्ट्रेलियाको सम्भावित प्लेइङ ११ः आरोन फिन्च (कप्तान),डेबिट वार्नर, स्टिभ स्मिथ, पीटर ह्यान्सकम्ब, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एश्टन अगर, प्याट कमिन्स, मिशेल स्टार्क,  जोश हेजलवुड र एडम जम्पा ।

Advertisements

Leave a Comment