रोहितले तोडे २२ वर्ष पुरानो किर्तिमान

ВСЕ ОСТАЛЬНОЕ

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा नयाँ किर्तिमान बनाएका छन् । पारीमा नवौँ रन बनाउँदा रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन् ।योसँगै रोहितले श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन् । सन् १९९७ मा जयसूर्याले ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए ।रोहितले यस पारीमा आफ्नो करियरको ४३ औँ अर्धशतक पनि पूरा गरे ।

रोहितले यो वर्ष ओपनरका रुपमा २ हजार ४ सय ४२ रन बनाउन सफल भएका छन् । उनले पाँच टेस्टमा ९३.६६ को औसतले ५५६ रन बनाए । यस दौरानल उनले तीन पटक शतकीय पारी खेलेका थिए । त्यस्तै, टी–२० मा रोहितले १४ खेलमा ३ सय ९६ रन बनाए । यस क्रममा उनले चार अर्धशतक बनाए ।रोहितले कटकमा ६३ रन बनाउन सफल भए । उनले लोकेश राहुलसँग पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे ।

तर, यस वर्ष रोहितलाई उछिन्दै विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । रोहितले २ हजार ४ सय ४२ रन बनाउँदा कोहलीले २ हजार ४ सय ५५ रन बनाए ।एकदिवसीयमा भने रोहित अगाडि रहेका छन् । रोहितले १ हजार ४९० रन बनाउँदा कोहलीले १ हजार ३७७ रन बनाएका छन् ।सन् १९९७ मा जयसूर्याले ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए ।रोहितले यस पारीमा आफ्नो करियरको ४३ औँ अर्धशतक पनि पूरा गरे ।

Leave a Reply