मलेसिया एघारको फराकिलो जित

ВСЕ ОСТАЛЬНОЕ

मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाहुना टोलि मलेसिया 11 ले पहिलो जित निकालेको छ समूह ‘डी’ अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले प्रतियोगिता पहिलो जित निकालेको हो ।२ सय ९९ रनको लक्ष्य पच्छाएको क्रममा गण्डकी २७.२ ओभरमा १ सय ६ रनमा अलआउट भएको हो।

गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४२ रन बनाए त्यस्तै प्रविन ढकालले १९ रन बनाए । विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।मलेसिया ११ का लागि सुहरिल फित्रीले ४ विकेट लिए । अनवार रहमान र विजय उन्नीले समान ३–३ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको मलेसिया ११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो । मलेसिया ११ का लागि ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाएका थिए । भुसन सेभ र भिरनदिप सिंहले ५०–५० रन बनाए । अहमद फैजले ३० रनको योगदान दिएका थिए ।

एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाहुना टोलि मलेसिया 11 ले पहिलो जित निकालेको छ समूह ‘डी’ अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले प्रतियोगिता पहिलो जित निकालेको हो ।२ सय ९९ रनको लक्ष्य पच्छाएको क्रममा गण्डकी २७.२ ओभरमा १ सय ६ रनमा अलआउट भएको हो।अघि पहिला ब्याटिङ गरेको मलेसिया ११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो । मलेसिया ११ का लागि ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाएका थिए । भुसन सेभ र भिरनदिप सिंहले ५०–५० रन बनाए । अहमद फैजले ३० रनको योगदान दिएका थिए ।

Leave a Reply