भुटानमाथी नेपालको 141 रनको शानदार जित

ВСЕ ОСТАЛЬНОЕ

दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि 141 रनको भारी अन्तरले हराएको छ ।नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए ।पारस अर्धशतकीय पारि खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो । पारस अर्धशतकीय पारि खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए ।तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए । ५३ बलमा शतक बनाएका ज्ञानेन्द्रले समग्रमा ९ छक्का र ५ चौका प्रहार गरे । यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।

आजकाे खेलमा तीन वटा रेकर्ड बनेका छन् । कप्तान मल्लकाे पहिलाे शतक हाे भने नेपालले पहिलाे विकेटका लागि गरेकाे सर्वाधिक ठूलाे साझेदारी पनि हाे । यस्तै नेपालले सर्वाधिक धेरै रनकाे रुपमा रेकर्ड बनाएकाे छ ।जवाफमा भुटान २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ९५ रनमा रोकियो । विशाल लक्ष्य पक्ष्याएको भुटानले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि भुटानले ३७ रन बनाउँदा तीन विकेट खेर फाल्यो ।

Leave a Reply