नेपालले विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने

नेपालले फ्रेबुअरी ५ देखि १२ सम्म कीर्तिपुरमा विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने भएको छ । दुई दिनअघि काठमाडौं सम्पन्न आईसीसीको प्रतिनिधि मण्डल र क्यानको बैठकमा सिरिजको तयारीबारे छलफल भएको हो । ओमन र अमेरिका दुवै एकदिवसीय मान्यता प्राप्त टोली भएका कारण सो सिरिजलाई आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिनेछ ।ओमन र अमेरिकाको सिरिज नै कीर्तिपुर मैदानमा हुने पहिलो मान्यताप्राप्त एकदिवसीय सिरिज हुनेछ । आइसिसिको मान्यता पाप्त एकदिवसीय सिरिज पहिलो पटक घरेलु मैदान हुन लागेकोले नेपाली खेलप्रेमी उत्साहित छन् ।

यो पनि:-अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दिप सम्मिलित टिमले आफ्नो दशौं खेल लागि मेलबर्न स्टार्सले पर्थविरुद्ध सामना गर्दै छ । सो खेल बुधबार दिउँसो ३ः५५ बजेदेखि सुरु हुनेछ ।मेलबर्न र पर्थबीचको खेल बुधबार दिउँसो ३ः५५ बजेदेखि सुरु हुनेछ । दशौं म्याचमा मेलबर्नले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले जोनाथन मेर्लोलाई विश्राम दिँदै नाथन कल्टर नाइललाई १३ सदस्यीय टिममा समावेश गरेको छ ।

Advertisements
Advertisements

मेलबर्नले खेल अघि सार्वजनिक गरेको १३ सदस्यीय टोलीमा सन्दीप पनि अटाएका हुन् ।पर्थविरुद्ध मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कउटर–नाइल, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, लान्स मोरिस, हरिस रौफ, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।जारी सिजनमा सन्दीपले ८ म्याचमा ९ विकेट लिएका छन् ।

Leave a Comment