संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

एजेन्सी भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै संन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।शास्त्रीले मंगलबार धोनीको अन्तराष्ट्रिय करियर संन्यासबाट निक्कै टाढा रहेको अभिव्यक्ति दिएपछि धोनीको बहुप्रचारित संन्यासमाथिका अनेक अड्कलले विराम पाएको हो।‘यो सबै उनी कहिले खेल्न सुरू भन्नेमा भर पर्छ।‘, शास्त्रीले भने।

यस वर्ष सम्पन्न विश्वकप क्रिकेट पछि कुनै पनि प्रतियोगिता नखेलेका कारण धोनी संन्यासको बाटोमा रहेको बताइदै आइएको थियो।योसँगै धोनीले भारतिय प्रिमियर लिग(आइपिएल)समेत जारी राख्नेछन्।टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार धोनीले आफ्नो फ्रान्चाइज मालिकहरुलाई सन् २०२१ को आईपिएल संस्करणसमेत खेल्ने बताएको उल्लेख छ।‘सन् २०२१को आईपिएल अगाडि ठूलो लिलामी हुनेछ र धोनीले हामीलाई प्रतियोगिता खेल्ने बताइसकेका छन्।

Advertisements
Advertisements

त्यसैले उनले टि-ट्वान्टीबाट कुनै पनि बेला संन्यास लिनेछन् भन्ने कुनै प्रश्न नै बन्दैन’, चेन्नई सुपर किङ्स निकट श्रोतलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ।चेन्नईले धोनीलाई १५ करोड भारूमा किनेको छ। धोनी सन् २०२१ अघि हुने आईपिएल लिलामीमा पुनः आफूलाई पेस गर्ने मनस्थितमा रहेको समाचारमा उललेख गरिएको छ। हाम धोनीले प्रशिक्षण सुरू गरिसकेका छन्। setopati

Leave a Comment