बधाई साग पुरुष फुटबलमा नेपाललाइ ऐतिहासिक स्वर्ण पदक

ВСЕ ОСТАЛЬНОЕ

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण पदक जित्न सफल भएको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले निकै राम्रो टक्कर दिएको थियो । खेलको नबौ मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे । यहि क्रममा खेलको १७ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि अभिशेक रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिशेकको यो तेस्रो गोल हो ।

एक गोलले पछि परेको भुटानले खेलको ३७ औं मिनेटमा भुटानले खेल बराबरी गर्न सफल भयो । भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले उत्कृष्ट गोल गरे ।त्यसपछि पनि भुटानले नेपालको पोष्टमा आक्रमण गरेको थियो भने उसले दुई पटक पाएको मौकामा असफल भयो । यता नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । तर अनन्त तामाङ चुक्न पुगे ।पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५४ औं मिनेटमा सुनील बलले गोल गर्न सफल भए । जसका कारण नेपालले खेलमा फेरी अग्रता बनायो ।

त्यसको दुई मिनेटपछि नेपालले अर्को उत्कृष्ट मौका पाएको थियो । जसमा नेपालका अभिशेख रिजालले चुक्न पुगे । डिफेन्डरलाई विट गरेर प्रहार गरेको बललाई भुटानी गोलकिपरले मुस्कीलले बचाए ।त्यसपछि भुटानले खेलमा फर्कन सकेन र नेपालले स्वर्ण हात पार्यो । हारपछि पनि भुटानले ऐतिहासिक रजत जित्न सफल भयो । जारी सागमा भुटानको यो पहिलो रजत हो । यसका साथै पुरुष फुटबलमा भुटानले रजत जितेको पनि पहिलो पटक हो । पुरुष फुटबलमा नेपाल मात्र अपराजित एक्लो टिम बन्यो ।

Leave a Reply