टेष्ट क्रीकेटमा दुई दिनमा तीन फरक टेष्टमा 5 संयोग

ВСЕ ОСТАЛЬНОЕ

विश्व क्रिकेटमा आइतबार र सोमबार अन्तइतै दुर्लभ घटना भयो । आइतबार दुई टेस्टको नतिजा आयो र सोमबार अर्को एक टेस्टको नतिजा आयो । यी सबै टेस्टमा घटनाक्रम भने एक अर्कासँग दुरुस्तै मिलेका छन् । आज न्यूजिल्याण्डले इङल्याण्डलाई १ इनिङ र ६५ रनले जितेसँगै तीन छुट्टाछुट्टै टेस्टमा यो दुर्लभ संयोग बनेको हो । तीन टेस्टमध्ये पहिलो नतिजा आइतबार बिहान आएको थियो । आइतबार बिहान अस्ट्रेलियाले पाकिस्तानलाई १ इनिङ र ५ रनले पराजित गर्यो । लगत्तै अआइतबार दिउँसो भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित गर्यो । त्यसपछि आज बिहान न्यूजिल्याण्ड र इङल्याण्डको टेस्टको नतिजा आयो ।

यो टेस्टमा न्यूजिल्याण्डले इङल्याण्डलाई १ इनिङ र ६५ रनले पराजित गर्यो । यी तीनवटै टेस्टमा दुर्लभ समानता बने । संयोग १– तीनवटै खेलमा टस जित्ने टिमले पहिले ब्याटिङ रोजेका थिए । पाकिस्तान, बंगलादेश र इङल्याण्ड तीनवटै देशले टस जितेर ब्याटिङ रोजे ।संयोग २ – टस जितेर पहिले ब्याटिङ गर्ने तीनवटै टिमले पहिलो इनिङमा ठूलो स्कोर बनाउन सकेनन् । पाकिस्तान २४०, बंगलादेश १०६ र इङल्याण्ड ३५३ रनमा अलआउट भए ।संयोग ३– पहिले बलिङ गर्ने तीनवटै टिमले आफूले ब्याटिङ गर्दा विपक्षी टिमको तुलनामा विशाल स्कोर बनाए । अस्ट्रेलियाले ५८०, भारतले ९ विकेटको क्षतिमा ३४७ र न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा ६१५ रन बनाए ।

संयोग ४ – टस जितेर पहिले ब्याटिङ गर्ने तीनवटै टिमले आफ्नो दोस्रो इनिङमा विपक्षी टिमले एउटै इनिङबाट बनाएको अग्रता भेट्टाउन समेत सकेनन् । २ इनिङ ब्याटिङ गर्दा समेत पाकिस्तान अस्ट्रेलियाले एउटै इनिङमा बनाएको स्कोरभन्दा ५ रन पछि रह्यो, बंगलादेश ४६ रन पछि रह्यो र इङल्याण्ड ६५ रन पछि रह्यो ।संयोग ५ – तीनवटै टेस्टमा हार्ने टिमले पूरै २० विकेट गुमाए तर जित्ने टिमले १० भन्दा बढी विकेट गुमाएनन् । हार्ने टिम २ पटक अलआउट भए तर जित्ने टिमले दोस्रो पटक ब्याटिङ नै गरेनन् ।

Leave a Reply