मराठा अरेविन्यसद्वारा टि-10 लिगको उपाधी जित्न सफल

ВСЕ ОСТАЛЬНОЕ

टी १० लिग क्रिकेटको उपाधि मराठा अरेविन्यसले जितेको छ । गएराति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि माथि कव्जा जमाएको हो । डेक्कनले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मराठाले २ विकेट गुमाउँदै ८ औं ओभरमा लक्ष्य पुरा गर्‍यो ।। मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा, मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको डेक्कनको शुरुआत भने विर्सन लायक नै रह्यो । कप्तान शेन वाट्सन १ रनमा आउट भए भने मोहम्मद शहजादले १४ तथा किरोन पोलार्ड पनि ५ रन बनाएर पेभेलियन फर्किपछि डेक्कनको ब्याटिङ लाइन अप धरापमा परेको थियो । भानुका राजपकसाले २३ तथा आसिफ खानले २५ गरि ५३ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए । मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा, मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए ।

८८ रनको लक्ष्य पछ्याएको मराठाले सहज सुरुआत गरेको थियो । क्रिस लिन र चाडविक वाल्टनले पहिलो विकेटकालागि ५६ रनके साझदेरी गर्दै जितको अधार तय गरेका थिए । लिन १६ रन बनाएर आउट भए । वाल्टनले ५१ तथा जनीबुल्लाहले १२ रन जोड्दै जित निकाले ।
चाडविक वाल्टन म्यान अफ द म्याच घोषित भए । यस्तै प्रतियोगिताभर सर्वाधिक ३७१ रन बनाएका क्रिस लिन प्लेयर अफ द टुर्नामेन्ट बने ।

Leave a Reply